राजनीति


सार्वजानिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति गर्नु अपराध हो, देशलाई नष्ट गर्ने काम नगरौँः गृहमन्त्री अर्याल

सार्वजानिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति गर्नु अपराध हो, देशलाई नष्ट गर्ने काम नगरौँः गृहमन्त्री अर्याल

गृहमन्त्री अर्याल।


नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १४:४८, काठमाडौँ

गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रमममा आगजानी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरेका छन्। 

मंगलबार उक्त कार्यालयको अनुगमन गर्दै देशलाई नष्ट गर्ने काम कसैले गर्न नहुने बताएका हुन्। सार्वजानिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति गर्नु अपराध भएको उनको भनाइ छ। 

‘हामी नेपाली हौँ। यो हाम्रो मातृभूमी हो। जतिसुकै कठिन भए पनि हामीले व्यहोर्नैपर्छ। त्यहीँबाटै उठ्ने हो। त्यसकारणले अब केही कुरामा धैर्यता राख्नुपनि पर्ला। यो सबैकुरा सोचेर खास गरेर हामी सबैको उद्देश्य एउटै छ, भावना एउटै छ,' उनले भने, 'अब यसरी चाहीँ देशलाई नष्ट पार्ने काम चाहीँ कसैले गर्नुहुँदैन। जसले गरिरहनुभएको छ, यो चाहीँ बेठिक गर्नुभएको छ। यसमा त कुनै दुईमत छैन नी, यो संरचना ध्वस्त गरेको कुरा जसरी नि बेठिक भयो।'

उनले हाल भएको क्षतिलाई व्यहोर्दै अगाडि बढ्नेसमेत उल्लेख गरे। उनले तत्काललाई भौतिक पुनःनिर्माणभन्दा पनि आचरण र पद्धतिको पुनःनिर्माण गर्ने बताए।   

'हामीले यो बेठिक भइरहेकोलाई बेठिक नै मान्छौँ र जे अहिले छ त्यो व्यहोर्छौँ अहिले हामी र जे छ त्यहाँबाट जर्गेना गर्दै अगाडी बढ्नेछौँ। फेरि तुरुन्तै गर्ने भनेर हात फैलाउँदै जाँदाखेरि पनि कहिलेकाही हाम्रो राष्ट्रिय अस्मितामा केही कमी भयो कि भन्ने पनि भाष्यहरू छन्,' उनले भने, 'अब यो चाहीँ पुनःनिर्माण त भौतिक पुनःनिर्माणको मात्रै कुरा नभएर अरु हाम्रो आचरण पद्धतिको पनि पुर्ननिर्माण हुनसक्छ अहिले।’ 

उनले क्षतिग्रस्त भएको कार्यालयको मूल्याङ्कनको लागि कार्यदल बनाउने जानकारी दिए। सोही कार्यदलको प्रतिवेदनको आधारमा बजेट छुट्याएर पुनःनिर्माण गर्ने उनको भनाइ छ। उनले क्षतिग्रस्त सबै संरचनाहरुको राष्ट्रिय योजना आयोग, विपद् व्यवस्थापन प्राधिकरण र अर्थ मन्त्रालयसँग छलफल गरेर पुनःनिर्माण गर्ने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad