नेपाली कांग्रेस- आफ्ना सभापति शेरबहादुर देउवा दम्पतीलाई आक्रमण भएको विषयमा ५ दिनपछि बोलेको छ।
जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते प्रदर्शनकारीले बुढानीलकण्ठस्थित घरमै पसेर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवालाई लछारपछार र कुटपिट गरेका थिए। अझै उनीहरू उपचारमा छन्।
तर यो विषय कांंग्रेसले ५ दिनपछि आइतबार (भदौ २९ गते) मात्र उल्लेख गरेको हो।
उपसभापति पूर्णबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा यत्ति भनिएको छ, 'लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथिको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सनायोग्य छ । उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।'


Shares

प्रतिक्रिया