राजनीति


लोकरिझ्याइँमा नलाग्न भन्दै नारायणकाजीले दिए प्रधानमन्त्री कार्कीलाई ६ सुझाव

लोकरिझ्याइँमा नलाग्न भन्दै नारायणकाजीले दिए प्रधानमन्त्री कार्कीलाई ६ सुझाव

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १०:१३, काठमाडौँ

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ बुँदामा सुझाव दिएका छन्। 

कार्की प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै आफूले फोन मार्फत बधाई तथा शुभकामनासँगै केही सुझाव दिन खोजे पनि त्यो सम्भव नभएको भन्दै उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् कार्कीलाई केही सुझाव दिएका हुन्। 

पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले कार्कीलाई छिटो राजनीतिक दलभन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, देशभक्त र स्वच्छ एवं क्षमतावान व्यक्तिलाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन, सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुव्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचनमा केन्द्रित गर्न, जेनजी आन्दोलमा भएको जनधनको क्षतिको निष्पक्ष छानविन गरी दोशीमाथि कारवाही माग गरेका छन्।

त्यसैगरि उनले ध्वंस गरिएका संरचनाको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया सुरु गर्न, भ्रष्टाचार विरुद्ध माओवादी नेतृत्वको सरकारले थालेका कारवाहीलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाउन र  प्रतिनिधिसभा नरहेको अहिलेको अवस्थामा संघीय संसद्को भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसद्को आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न पनि उनले प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका छन्। 

‘तपाईं लोकरिझ्याइँका अन्य छिटफुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस्। तपाईंको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिनेछ। अरु सबैले पनि यसप्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौँ,’ उनले भनेका छन्। 

हेर्नुहोस् नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई दिएका सुझाव

सम्माननीय प्रधानमन्त्रीज्यू ,

तपाईं प्रधानमन्त्री नियुक्त हुनु भएपछि देखि नै मैले तपाईंलाई फोन मार्फत बधाई ,शुभकामना र केही सुझावहरू दिन खोजेको थिएँ। तपाईंको फोन सम्पर्क हुन सकेन। तपाईंको नियमित सम्पर्कमा तपाईंसँगै रहने व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल हुन सकेन। मैले बधाई र शुभकामना यस अघि नै सार्वजनिक गरिसकेको छु ।तर तपाईंलाई फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको माध्यम मार्फत केही महत्वपूर्ण सुझावहरू दिन चाहान्छु।

एक, तपाईंले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र ,निष्ठावान ,देशभक्त , स्वच्छ एवं क्षमतावान व्यक्तिहरू मन्त्रीहरु नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस्।

दुई, तपाईंले सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुब्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस्।

तीन, भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी दोशीहरूमाथी कारवाही गर्नुस्।

चार, ध्वंस गरिएका संरचनाहरूको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस्।

पाँच, भ्रष्टाचार विरुद्ध हाम्रो सरकारले थालेका कारवाहीहरूलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस्।

छ, प्रतिनिधिसभा नरहेको अवस्थामा संघीय संसदको भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसदको आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न ध्यान दिइयोस्।

सम्माननीय प्रधानमन्त्रीज्यू , तपाईं लोकरिझ्याइँका अन्य छिटफुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस्। तपाईंको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिनेछ। अरु सबैले पनि यसप्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad