कुलमान घिसिङ मन्त्री बन्न लागेको खबर पाउनेबित्तिकै धरान उपमहानगरका मेयर हर्क साम्पाङले फोन गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई ऊर्जासहित कम्तीमा ती मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेकी छन्।
घिसिङलाई सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।
यो खबर सार्वजनिक हुनेबित्तिक साम्पाङले फोन गरेको तर नउठेको बताएका छन्।
उनले केही बेरअघि फेसबुकमा लेखेका छन्, ‘कुलमानजीको फोन उठ्दैन तऊ...।’
साम्पाङ तिनै व्यक्ति हुन्, जो प्रधानमन्त्री बन्छु भन्दै धरानबाट काठमाडौँ आएर जोडजुलुम गरेका थिए।
7.2k
Shares

प्रतिक्रिया