राजनीति


भारतसँग लड्ने-भिड्ने, झुक्ने होइन, डिल गर्ने होः मन्त्री यादव

भारतसँग लड्ने-भिड्ने, झुक्ने होइन, डिल गर्ने होः मन्त्री यादव

नेपालखबर
असार २३, २०७६ सोमबार ८:४१,

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भारतसँग लामो समयदेखि झुक्दै आएकाहरुले नै सरकारलाई भारतसँग झुकेको आरोप लगाएको बताएका छन्।

सोमबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री यादवले सरकारको नीति भारतसँग लड्ने र झुक्ने दुबै नभएको बताए।

‘जसको आफ्नै बानी छ झुक्ने, तिनीहरुले नै सरकार विदेशीको अगाडि झुक्यो भनिरहेका छन्’, मन्त्री यादवले भने, ‘भारतसँग न झुक्ने न लड्ने भिड्ने, आवश्यकता अनुसार डिल गर्ने हो।’

प्रतिपक्षले सरकारको अनावश्यक आलोचना गरेको भन्दै उनले प्रतिपक्षलाई रचनात्मक हुन सुझाव दिए। उनले तराकारी र फलफूलको विषादी परीक्षणको निर्णय फिर्ता सरकार आफैले गरेको र यसमा कसैको दाबाब नरहेको भन्दै उनले हावाका भरमा नउफ्रन सांसदहरुलाई आग्रहसमेत गरे।

मन्त्री यादवले तत्कालका लागि नेपालसँग विषादी परीक्षण गनै क्षमता नै नभएको बताए। कृषि मनत्रालयले क्षमता नै नहरी निर्णय गरेका कारण सरकारले फिर्ता लिनुपर्ने अवस्था आएको उनको भनाइ थियो। उनले सीमा नाकामा विषादी परीक्षण गर्ने मेसिन नै नभएको भन्दै यस्तो अवस्थामा निर्णय कार्यान्वयन गरिराख्नु भनेको आफैँमाथि नाकाबन्दी गरिरहनु सरह भएको दावी गरे।

‘हामी कसैको दबाबमा परेका छैनौँ र पर्ने पनि छैनौं’, मन्त्री यादवले भने, ‘व्यवहारबाट के देखियो भने हामी आफैं नाकाबन्दी गर्नेतिर गएजस्तो भयो।’ उनले बजारभाउ बढ्न थालेपछि र बजारमा तरकारीको अभाव हुन थालेपछि फिर्ता लिने निर्णय गरिएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .