समाज


तालिबानले नियन्त्रणमा लिएका ४० प्रहरी मुक्त गरिदिए

तालिबानले नियन्त्रणमा लिएका ४० प्रहरी मुक्त गरिदिए

नेपालखबर
असार २३, २०७६ सोमबार ८:३५,

ती सुरक्षाकर्मीलाई नियन्त्रणमुक्त गर्ने तयारी उनीहरुले बिहान गरेको र अहिले मुक्त भएपछि उक्त क्षेत्रको सैनिक क्याम्पमा पुगेको जानकारी अफगानिस्तानको उत्तरी प्रान्त जवाजानका सैनिक प्रवक्ताले दिएका छन्।

उत्तरी सो प्रान्त जवाजानमा तालिबानहरुले नियन्त्रणमा राखेका ती सुरक्षाकर्मीहरुलाई नियन्त्रणमुक्त गर्नेगरी तयारी गरिएको जानकारी दिइएको थियो।

मुक्त गरिएकामा सबैजना प्रहरी रहेका उक्त प्रान्तका प्रान्तीय सैन्य प्रवक्ता अब्दुल हादी जमाले बताएका छन्।

गएको दुई हप्तायता अफगानिस्तानका तालिबानहरुले आफ्नो नियन्त्रणमा रहेका सुरक्षाकर्मी नियन्त्रण मुक्त गरेको यो दोस्रो पटक हो।

गत हप्तामात्र अघि पनि अफगानिस्तानका तालिबानले ४२ जना सुरक्षाकर्मी मुक्त गरिदिएका थिए। उनीहरुलाई पनि सोही प्रान्तबाट नै मुक्त गरेको थियो।

उक्त प्रान्तको क्वास तेपा जिल्ला केही महिनाअघि तालिबानहरुले कब्जा गरेका थिए। त्यस क्रममा उनीहरुले ९० जना प्रहरीलाई आफ्नो नियन्त्रणमा राखेका थिए।

एएफपीका अनुसार आइतबार तालिबान र अफगानिस्तानको सरकारका प्रतिनिधिहरुबीच भेटवार्ता भएको थियो। त्यस वार्ताका क्रममा भएको सहमतिबमोजिम ती सुरक्षाकर्मीलाई नियन्त्रण मुक्त गरिएको हुनसक्ने अनुमान गरिएको छ।

अफगानिस्तान सरकारले पनि केही महिना अघि करिब ९०० तालिबानलाई मुक्त गरिदिने घोषणा गरेको थियो।
हाल अफगानिस्तान सरकार र तालिबानबीच शान्तिवार्ता चलिरहेको छ। शान्ति वार्ताको अघि भएका यी नियन्त्रण मुक्तिका समाचारहरुलाई एक सकारात्मक सन्देशका रुपमा लिन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .