राजनीति


मुलुकको अत्यन्त आवश्यक संस्थामा छानी-छानी प्रहार भएको छ, मलाई लाज लागेको छ : प्रधानमन्त्री कार्की

मुलुकको अत्यन्त आवश्यक संस्थामा छानी-छानी प्रहार भएको छ, मलाई लाज लागेको छ : प्रधानमन्त्री कार्की

नेपालखबर
भदौ २९, २०८२ आइतबार १२:२६, काठमाडौँ

प्रधानमन्त्री शुशीला कार्कीले नेपालको अत्यन्त अवाश्यक संस्थाहरुमा छानी छानी प्रहार भएको बताएकी छिन्। आइतबार सिंहदरबारमा पदाभार ग्रहण गर्दै उनले राष्ट्रका लागि चाहिने सबै कागजात नष्ट पारिएको बताइन्। 

‘मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरु छ, त्यसमा छानी-छानी प्रहार भएको छ,’ उनले भनिन्, ‘प्रहरीहरु सुरक्षाका लागि अनिवार्य थिए, तिनलाई प्रहार भयो। प्रहरीका चौकी, थाना सबै जले। अदालतका सम्पूृर्ण फाइल नस्ट भएर गयो।’

‘हाम्रै सिंहदबार भित्रका कयौँ नष्ट भएर गयो। बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरू, जसले यो देशको शासन चलाएको छ। ती मिसिल, कागजहरू नष्ट भयो,’ उनले थपिन्। 

यो देखेर आफूलाई लाज लागेको भन्दै नेपालीले नै यस्तो गरेको होला भनेर प्रश्न समेत गरिन्। ‘अलिकति यो देखेर मलाई लाज पनि लागेको छ,’ कार्कीले भनिन्, ‘नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने?’

उनले अगाडि भनिन्, ‘मान्छेले ज्यान मार्छ, भवनहरू लुट्ला, यो घटना मलाई लाग्छ पहिलो चोटी भएको हो। ’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad