राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्याग्दै सुमना श्रेष्ठेले नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलमा रहेका तेस्रो पुस्ताका नेताहरूलाई पनि पार्टी छाड्ने सही समय भएकाले विचार गर्न आह्वान गरेकी छन्।
पूर्वमन्त्रीसमेत रहेकी श्रेष्ठले आइतबार रास्वपा परित्यागको घोषणा गर्दै नेतृत्वले गरेका गल्तीहरूको भारी बोकेर पार्टीभित्र नबस्न तेस्रो पुस्तालाई आग्रह गरेकी हुन्।
‘मैले पार्टी छोडेँ। कांग्रेस–एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्’, नेपालखबरसँग उनले भनिन्, ‘आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको बेहोराले हो। त्यो किन बोकेर बस्नुहुन्छ? अहिले सही समय आएको छ। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।’
मनलाग्दी गर्नु भन्दै सुमनाले छाडिन् रास्वपा
2.0k
Shares

प्रतिक्रिया