राजनीति


जेन-जेडको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ : बालेन

जेन-जेडको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ : बालेन

नेपालखबर
भदौ २८, २०८२ शनिबार ५:५४, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले मुलुकमा अन्तरिम सरकार गठन र स‌ंसद् विघटन भएपछि आन्दोलनकारी जेन-जीप्रति सम्मान प्रकट गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन्। शपथलगत्तै प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटन गरेकी छन्। 

यसप्रति खुसी हुँदै मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय जेन-जेड, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ। वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैँ भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईंहरूप्रति असिम सम्मान।घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

भ्रष्टाचार र बेथितिविरुद्ध जेन-जीका युवाले भदौ २३ गते काठमाडौँको बानेश्वरलगायत देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना मारिए भने सयौँ घाइते भए। यसको आक्रोशमा भोलिपल्ट उनीहरूले आन्दोलन थप चर्काउँदा प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार तथा सर्वोच्च अदालतसमेत जलाए।

त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। 

आन्दोलनमा मारिनेको संख्या अहिलेसम्म ५१ पुगेको छ। अझै कैयौँ घाइते अस्पतालमा छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad