ad ad

राजनीति


लकडाउन हटाउन माग गर्दै राष्ट्रपति नै जुलुसमा

लकडाउन हटाउन माग गर्दै राष्ट्रपति नै जुलुसमा

नेपालखबर
बैशाख ८, २०७७ सोमबार १३:४५,

ब्राजिली राष्ट्रपति जायर बोल्सोनारो देशमा लगाइएको लकडाउन हटाउन माग गर्दै भएको प्रदर्शनमा आफैँ सहभागी भएका छन्।

जसका कारण उनको चर्को आलोचना भएको छ।

राजधानी ब्राजिलियास्थित सैन्य मुख्यालयबाहिर भेला भएका केही सय प्रदर्शनकारीलाई उनले सम्बोधन पनि गरेका थिए।

सो प्रदर्शनमा भेला भएका केहीले देशमा सैन्य शासन लागू हुनुपर्ने माग पनि राखेका थिए।

बोल्सोनारोको मतविरुद्ध ब्राजिलमा गभर्नरहरुले लकडाउन लगाएका छन्।

ब्राजिलमा हालसम्म कोरोना भाइरसबाट २४ सय जनाको ज्यान गइसकेको छ भने ३८ हजारभन्दा बढी संक्रमित भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .