राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई संसद्बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा र कांग्रेस नेत्री आरजु देउवा राणाले बलपूर्वक निकालेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ आएर उनले ४० लाख जनताले प्रतिशोध भयो भनेर हस्ताक्षर गरेर ऐक्यवद्धता जनाएको उनले उल्लेख गरेका छन्।
'दुईतीनदिन अगाडिसम्म पनि राजनीतिक प्रतिशोध भयो भनेर यस देशका झन्डै ४० लाख मानिसले हस्तार गरेर ऐक्यवद्धता जनाएका छन्,' उनले भने, 'सर्वाधिक मत ल्याएर संसद् छिरेको मानछेलाई ओली, देउवा, गगन, आरजुहरूले छलपूर्वक-बलपूर्वक संसद्बाट निकाले तर जनताको मनबाट निकाल्न सकेनन्। मेरो कुरा यत्ति हो। यो देश रहनुपर्छ स्वाधीन स्वाभीमानि स्वतन्त्र अटल र सार्वभौम।'
Shares

प्रतिक्रिया