जेनजीको प्रदर्शन उग्र बन्दै गएपछि मंगलबार साँझदेखि सेना परिचालन भएको छ। सेनाले विभिन्न क्षेत्रमा लुटपाटको प्रयास गर्नेलाई पक्राउ गरेको छ भने लुटपाटमा संलग्नलाई नियन्त्रणमा पनि लिइरहेको छ।
सेनाले बुधबार दिउँसो १ बदेखि ५ बजेसम्म ७३ वटा हतियार बरामद गरेको जनाएको छ। सेनाले महाराजगञ्ज क्षेत्रमा लुटपाट गर्नेलाई ४ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ।
सेनाले बरामद गरेको हतियारहरू म्यागजिन, राउन्ड, ब्युनेटलगायत रहेको जनाएको छ।
काभ्रेस्थित धुलिखेल जिल्ला कारागारमा कैदिबन्दीको नेपाल प्रहरीसँग झडप भएकोमा हाल स्थिति सेनाको नियन्त्रणमा लिएको बताइएको छ।
त्यसैगरी डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा आएको छ।
सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीमध्ये सुनसरीमा २०२, सप्तरीमा ४, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ जनालाई पक्राउ गरेको छ।
Shares

प्रतिक्रिया