नेपालमा विकसित घटनाक्रमप्रति उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ। नेपालीहरूले चाँडै मुलुकमा व्यवस्था र स्थायित्व पुनर्स्थापना गर्ने आशा चीनले व्यक्त गरेको छ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले ट्विट गरेकी छन्, ‘चीन र नेपाल परम्परागत मित्र र छिमेकी हुन्। आशा छ, नेपालका अनेक पक्षहरूले घरेलु मुद्दालाई ठिकसँगले सम्हाल्नेछन् र मुलुकमा चाँडै व्यवस्था र स्थायित्व पुनर्स्थापना गर्ने छन्।’
दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नै नेपालका विषयमा मन्त्रिपरिषदको सुरक्षासम्बन्धी समितिमा विस्तृत छलफल भएको बताएका थिए।
नेपालीमा ट्विट गर्दै मोदीले लेखेका थिए, ‘नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ। नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ। म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गर्दछु।’
Shares

प्रतिक्रिया