सुन्धारा कारागारबाट ३ हजार बढी कैदी गए राति नै भागेको पाइएको छ। भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्वगृहसचिव टेकनाराण पाण्डे पनि छन्।
राति ११ बजेतिर भागेका उनले कारागार प्रशासनलाई फोन गरेर 'म पछि आउँछु' भनेका छन्। कारागारमा रहेका ३ हजार ८०० बढी कैदीमध्ये अहिले ५ सय हाराहारी कैदीमात्रै कारागारमा छन्।
पाण्डेसँगै सोही मुद्दामा कारागारमा रहेर भाग्नेमा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि छन्।
नक्खु कारागारबाट रवि लामिछानेसहित सबै कैदी बाहिर निस्किएको थाहा पाएपछि सुन्धारा कारागारमा पनि कैदीले प्रदर्शन थालेका थिए। राति करिब ११ बजे उनीहरू गेट फोडेर भागेका हुन्।
अहिले भद्र बन्दीगृहमा १ सय, केन्द्रीय बन्दीगृहमा ३ सय र महिला बन्दीगृहमा १ सय कैदीबन्दी मात्रै छन्।
राति नै भागेका थिए टोपबहादुर रायमाझीसहित ३ हजार कैदी
Shares

प्रतिक्रिया