रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेले सार्वजनिक सम्पत्ति जोगाउन आग्रह गरेका छन्।
उनले केहीबेरअघि सामाजिक सञ्जालमा डा सन्दुक रुइतको अपिलमा ऐक्यबद्धता जनाउँदै उनले सार्वजनिक सम्पत्ति जोगाउन आग्रह गरेका हुन्।
उनले लेखेका छन्, ‘सार्वजनिक सम्पत्ति जोगाऊँ। डा सन्दुक रुइतको अपिलमा हाम्रो पूर्ण ऐक्यबद्धता।’
डा रूइतले मंगलबार दिउँसो जारी गरेको अपिलमा लेखिएको छ, ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिऔँ । संयम बनौँ ।’
डाक्टर सन्दुक रुइतको अपिल– सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ, संयम बनौँ
408
Shares

प्रतिक्रिया