राजनीति


भारतले आफ्ना नागरिकलाई भन्यो: अवस्था सामान्य नभएसम्म नेपाल नजानू

भारतले आफ्ना नागरिकलाई भन्यो: अवस्था सामान्य नभएसम्म नेपाल नजानू

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १८:०, काठमाडौँ

नेपालमा भइरहेको जेन-जी आन्दोलनलाई ध्यान दिँदै भारत सरकारले आफ्ना नागरिकका लागि मंगलबार एडभाइजरी जारी गरेको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै नेपालमा रहेका भारतीय नागरिकलाई घरबाट बाहिर ननिस्कन सुझाव दिएका हुन्। 

एडभाइजरी भनिएको छ, ‘नेपालमा रहेका भारतीय नागरिकहरूलाई आफ्नो हालको निवासमा बस्न सल्लाह दिइन्छ। सडकमा ननिस्कनू र सावधानी अपनाउनू।’

साथै अवस्था सामान्य नभएसम्म नेपाल नजान पनि तत्काल भारतीय नागरिकहरूलाई सल्लाह दिएको छ। 

भारत सरकारले नेपाल प्रशासनद्वारा जारी गरिएको स्थानीय सुरक्षा निर्देशिका र काठमाडौँस्थित भारतीय दूतावासको निर्देशिका पालना गर्न पनि आफ्ना नागरिकलाई आग्रह गरेको छ।

साथै भारतीय दूतावासले आवश्यकता परेमा भारतीय नागरिकहरूका लागि फोन नम्बर पनि उपलब्ध गराएको छ।

+९७७- ९८० ८६० २८८१ (ह्वाट्सएप कलमा पनि उपलब्ध छ)

+९७७- ९८१ ०३२ ६१३४ (ह्वाट्सएप कलमा पनि उपलब्ध छ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad