राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत जेनजी समूहलाई हिंसात्मक नहुन आग्रह गरेको छ।
आयोगले आन्दोलनकारीलाई संयमत्ता अपनाउन र सरकारलाई जेनजी समूहको माग सम्बोधन गर्न आग्रह गरेको हो।
आयोगले सोमबारदेखी जेनजी समूहले गरेको प्रदर्शनको अनुगमन गरिरहेको प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए। अनुगमनका क्रममा सरकारले अत्यधिक बल प्रयोग गरिएको पाइएको उनले बताए।
उनले उक्त घटनाको छानबिनका लागि अनुसन्धान टोली गठन गरेको छ। आयोगको सदस्य डा लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको हो।
अनुसन्धान टोलीले प्रर्दशनका क्रममा भएका मानवअधिकार उल्लङ्घन र त्यसका संलग्नको पहिचान गरि दोषीलाई कारबाही गर्न र पिडितलाई क्षतिपुर्ती दिन सिफारिस गर्ने आयोगका प्रवक्ता डा पोखरेलले जानकारी दिए। उनका अनुसार अनुसन्धान टोलिले मंगलबारदेखि नै काम थाल्नेछ।
Shares

प्रतिक्रिया