राजनीति


रास्वपाका सांसदहरूले दिए सामूहिक राजीनामा

रास्वपाका सांसदहरूले दिए सामूहिक राजीनामा

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १४:५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सामूहिक राजीनामा दिएका छन्। 

सरकारले जेनजीको प्रदर्शनमा दमन गरेको र उक्त प्रदर्शनलाई समर्थन रहेको भन्दै रास्वपाका सांसदहरूले पदबाट राजीनामा दिएका हुन्।

'देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित हिजो देखिको प्रदर्शनमा दर्जनौं युवाहरुको ज्यान लिने गरी सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दल भर्त्सना गर्दछ,' रास्वपाका प्रवक्ता मनीष झाले भने, 'निहत्था नवयुवाहरूले गरेको शान्तिपुर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौँ: आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ।'

यस्ता छन् उनीहरूको माग 
- प्रधानमन्त्रीको तत्काल राजीनामा 

- घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन  
- सर्वपक्षीय नागरिक सरकार 
- प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ । 
- संविधान संशोधनको प्रक्रिया आरम्भ 
वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै आगामी निकासका लागि शिघ्र अन्तरिम नागरिक सरकार गठनको प्रस्ताव गर्दै, सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको शिघ्र एवं निःशुल्क उपचारको पक्षमा रहँदै, देशको मुख्य सम्पति जेनजीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरु (साँसदहरु) ले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको जानकारी गराइन्छ। 

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad