राजनीति


संसद भवनबाहिर प्रमोद सापकोटालाई प्रहरीले नियन्त्रणमा लियो, अहिलेसम्म बेखबर हुँदा परिवार चिन्तित

संसद भवनबाहिर प्रमोद सापकोटालाई प्रहरीले नियन्त्रणमा लियो, अहिलेसम्म बेखबर हुँदा परिवार चिन्तित

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १३:१९, काठमाडौँ

मंगलबार बिहान करिब ९-१० बजेतिर भक्तपुरको गठ्ठाघरका प्रमोद सापकोटालाई प्रहरीले संसद भवन अगाडिबाट सामातेर घिसार्दै भित्र लग्यो।

संसद भवन परिसरभित्र लगिएको भिडिओमा देख्न सकिन्छ।

अहिलेसम्म उनको अवस्था अज्ञात छ। प्रहरीले यस विषयमा कुनै जानकारी दिन नमानेकोले परिवारजनमा चिन्ता छाएको छ।

हिजो जेन्जी प्रदर्शनमा सबैभन्दा बढी क्षति बानेश्वरमै भएको थियो। आज बिहान पनि सांसद भवनअगाडि केही जेन्जीहरूको समूह प्रदर्शनको लागि पुगेको थियो। सोही स्थानमा २५ वर्षीय प्रमोद सापकोटा चिया खाएर बाहिरको माहोल कस्तो छ भनेर बुझ्न पुगेका थिए।

संसद भवनअगाडि नै पत्रकारले प्रदर्शनकारीसँग लिइरहेको अन्तर्वाता हेरिरहेका थिए। पछाडिबाट प्रहरीले सापकोटा र उनका साथीहरूलाई धकेल्न थाले। 

बिनाकारण आफूहरूलाई धकेलेको देखेर सापकोटाले ‘मलाई किन धकेल्नु भएको अङ्कल, हामी गैहाल्छौँ नि’ भने।

त्यति भन्नासाथ उनलाई प्रहरीहरूले अचानक घिसारेर संसद भवन परिसरभित्र लगे। त्यति भनेकै-बोलेकै कारणले सापकोटालाई प्रहरीले समातेर संसद भवन परिसरभित्र लगेको थियो। 

उनी बिहान आफ्नोघर गठ्ठाघरदेखि बानेश्वर आइपुगेका थिए।

बिहान करिब ९-१० बजेतिर भएको यस घटनापश्चात् उनी सम्पर्कविहीन रहेको प्रमोदका बुबा प्रल्हाद सापकोटा बताउँछन्।

प्रलाद भन्छन्, ‘ऊ मेरो एक्लो छोरा हो, अस्ट्रेलिया जानको लागि प्रोसेसिङमा छ। ऊ हेर्न मात्र गएको थियो, हिजो पनि कतै निस्किएको थिएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad