राजनीति


देउवालाई गगन-विश्वको चेतावनी: सरकारबाट फिर्ता नभए अन्य प्रक्रिया चाल्न बाध्य हुनेछौँ

राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह
देउवालाई गगन-विश्वको चेतावनी: सरकारबाट फिर्ता नभए अन्य प्रक्रिया चाल्न बाध्य हुनेछौँ

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १२:४८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले आफ्ना मन्त्रीहरूलाई तत्कालै राजीनामा दिन आग्रह गरेका छन्। 

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले एमालेसँग सरकार गठन हुँदा गरिएको सात बुँदे सहमतिको औचित्य समाप्त भएको पनि बताएका छन्।

उनीहरूले प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न पनि आग्रह गरेका छन्।  

'सरकार सहि ढंगले चलेन सच्चिनुपर्छ भनेर पार्टी बैठकमा, संसदमा र सार्वजनिक स्थलमा पटकपटक आग्रह गर्यो । तर न सरकार सच्चियो न प्रधानमन्त्रीको शैली! अन्ततः प्रधानमन्त्रीकै व्यवहारका कारण नागरिक पंक्तिमा असन्तुष्टि थप बढ्दै गयो। सामाजिक संजाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर जस्ता न्यायोचित माग बोकेर सडकमा निक्लिएका GenZ पुस्ता माथिको दमन निन्दनीय छ,' उनीहरूले भनेका छन्, 'तिनले कुनै कुर्सी मागेका थिएनन् । तर सरकारको अकर्मण्यताले होनहार युवाहरूले निर्मम मृत्यु वरण गर्नुपर्यो। ७ बुँदे समझदारीको औचित्य समाप्त भएको छ। सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता बोलाउन सभापतिज्युलाई भर्खरै आग्रह गरेका छौं। सभापतिज्युले अविलम्ब निर्णय गर्नुपर्छ, अन्यथा अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न हामी बाध्य हुनेछौं।'

उनीहरूले नवीन राष्ट्रिय सहमतिको सरकार निर्माणको ढोका प्रधानमन्त्रीले नै खोल्नुपर्ने बताएका छन्। 'प्रधानमन्त्रीले अविलम्ब पदत्याग गरेर 'नविन रास्ट्रीय सहमति' निर्माणका लागि ढोका खोल्नुपर्छ,' उनीहरूले विज्ञप्तिमा भनिएका छन्, 'GenZ पुस्तालाई हाम्रो अपील छ- तपाईंहरुको न्यायोचित माग पूरा गर्न हामी जोड गरिरहेका छौं। आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन तपाईंहरुको सबल भूमिकाका लागि आग्रह गर्दछौँ।'

त्यस्तै उनीहरूले सबै राजनीतिक दललाई अहिलेको अवस्थालाई खुला संवादमार्फत समाधान गर्न ऐक्यवद्धताका लागि अपील गरेका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad