राजनीति


प्रचण्डले बोलाए प्रतिपक्षी दलको बैठक, रास्वपा सहभागी नहुने

प्रचण्डले बोलाए प्रतिपक्षी दलको बैठक, रास्वपा सहभागी नहुने

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८२ मंगलबार ८:४५, काठमाडौँ

मुलुकमा विकसित पछिल्लो परिस्थितिका सम्बन्धमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। 

मंगलबार बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेगरि प्रचण्डले संसद्‍मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको बैठक बोलाएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए। 

‘प्रचण्डजीले प्रतिपक्षी दलको बैठकको लागि भन्दै हामीलाई खबर गर्नु भएको थियो,’ झाले नेपालखबरसँग भने, ‘तर हाम्रो सचिवालयले उक्त बैठकमा सहभागी नहुने निर्णय गरेको छ।’

उनले अहिलेको गम्भीर र असामान्य अवस्थामा आफ्नो दलको प्राथमिकता कर्मकाण्डीय बैठकभन्दा पार्टीभित्रै सार्थक आन्तरिक छलफलमा जुट्नु र हिजोको दमनमा परेका पिडितहरूसँग उभिनु भएको बताए। ‘हाम्रो लागि अहिले यस्तो बैठक महत्वपूर्ण छैन,’ उनले भने। 

सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार गरेको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा २ गरि १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। 

सरकारी दमनको  बिरोधमा हुनसक्ने प्रदर्शनलाई रोक्नको लागि स्थानीय प्रशासनले काठमाडौँ, ललितपुरसहित देशका विभिन्न भागमा कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु उलंघन गर्दै काठमाडाैँ र ललितपुरमा प्रदर्शन सुरु भएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad