राजनीति


बानेश्वरमा एक जना प्रदर्शनकारीको मृत्यु

बानेश्वरमा एक जना प्रदर्शनकारीको मृत्यु

नेपालखबर
भदौ २३, २०८२ सोमबार १३:५१, काठमाडौँ

काठमाडौँको बानेश्वरमा एक प्रदर्शनकारीको मृत्यु भएको छ।

प्रहरीको गोली लागेर घाइते भएका प्रदर्शनकारीको बानेश्वरकै निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल डारेक्टर दीपक पौडेलले नेपालखबरलाई जानकारी दिए। 

मृतकको परिचय भने खुलिसकेको छैन। निजामती अस्पतालमा मात्रै १०० भन्दा धेरै घाइतेको उपचार जारी रहेको पौडेलले बताए।   

'एक जनाको मृत्यु भएको छ। यहाँ सयभन्दा धेरै घाइतेको उपचार भइरहेको छ,' उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad