ट्रम्पले डारोच वेलायतका लागि राम्रो सेवा नगर्ने व्यक्ति भएको बताए।
हालै राजदूत डारोचको लिक भएको भनिएको इमेलमा डारोचले ह्वाइट हाउस ट्रम्पको नेतृत्वमा आएपछि ‘रोगी’ र ‘विभाजित’ भएको बताएको डेली मेलले जनाएको थियो।
मेलका अनुसार डारोचले ट्रम्पको कारण अमेरिकी सरकार अयोग्य र असुरक्षित बन्दै गएको बताएका छन्।
आफूविरुद्ध डारोचको मेल लिक भएपछि ट्रम्पले आइतबार आफूले डेली मेलको समाचार नहेरेको बताए।
यद्यपी उनले डारोचको आलोचना गर्न भने छाडेनन्। उनले भने,‘वेलायती राजदूतले वेलायतका लागि राम्रो काम गरेका छैनन्। हामी ती व्यक्तिको समर्थक होइनौं।'
डेली मेलका अनुसार डारोचको उक्त मेल सन् २०१७ को हो।

प्रतिक्रिया