डुचे बैंकको सेयर मूल्य सोमबार उच्च भएको छ। जर्मनीको ठूलो लगानी बैंकले १८ हजार रोजगारी कटौती गर्ने निर्णय गरेपछि बैंकको सेयर बढेको बताइएको छ ।
वित्तीय संकट भएयता बैंकले गरेको यो नै ठूलो निर्णय हो। विश्वव्यापी रुपमा रोजगारीको कटौती गर्ने निर्णय आइतबार गरिएको थियो। बैंकको पुनर्संरचनाका लागि ७ अर्ब ४० करोड युरो खर्च हुने अनुमान गरिएको छ। विश्वका कतिपय स्थानमा बैंकले व्यावसायिक अपरेसन पनि कटौती गर्नेछ।
डुचे बैंकको पछिल्लो निर्णपछि फ्रान्कफर्टमा ४.७ प्रतिशत सेयर उकालो लागेको छ। बैंकले कहाँ कति रोजगारी कटौती हुने भन्नेबारे खुलाएको छैन। यद्यपि युरोप र अमेरिकामा धेरै रोजगारी कटौती हुनसक्नेछ। बैंकको निर्णय साेमबारबाटै अस्ट्रेलियाको सिडनी, हङकङ र एसिया प्रशान्त क्षेत्रबाट कार्यान्वयन सुरु भएको रोयटर्सले जनाएको छ।

प्रतिक्रिया