राजनीति


समूहगत छलफलको निष्कर्ष सुनाउने काम सकियो, महासचिवले जवाफ दिँदै

समूहगत छलफलको निष्कर्ष सुनाउने काम सकियो, महासचिवले जवाफ दिँदै

नेपालखबर
भदौ २२, २०८२ आइतबार १२:२५, काठमाडौँ

सत्तारुढ नेकपा (एमालेको) दोस्रो विधान अधिवेशनमा सूहगत छलफलमा उठेका कुराको निष्कर्ष पेस गर्ने काम सकिएको छ। 

ललितपुरको गोदवरीमा शुक्रबारदेखि जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली लगायत पेस गरेका दस्तावेजमाथि समूहगत छलफल भएको थियो। 

९ वटा समूहमा भएको छलफल निष्कर्ष सुनाउने काम सकिएपछि अहिले महासचिव शंकर पोखरेलले त्यसको जवाफ दिइरहेका छन्। 

एमालेले आजै विधान महाधिवेशन समापन गर्ने तयारी गरेको छ। अन्तिममा अध्यक्ष केपी शर्मा ओलीले समग्र बिषयमा जवाफ दिएपछि महाधिवेशन टुंगिने छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad