सत्तारुढ नेकपा (एमाले)ले भोलिदेखि हुने दोस्रो विधान महाधिवेनशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेनशनको ललितपुरको गोदावरीस्थित सनराइज हलमा भोलि उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुने छन्।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सम्पन्न हुने महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन्।
केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ-आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्ने छन्। प्रस्तुत प्रतिवेदनमा समूहगत छलफल हुनेछ।
महाधिवेशन स्थलमा सजावट गरेर झकिझकाउ बनाइएकाे छ। कार्यक्रम स्थलमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको मस्कट राखिएको छ। त्यस्तै अध्यक्ष ओलीको तस्बिरसहित शेल्फी स्ट्यान्ड राखिएको छ।



















Shares

प्रतिक्रिया