नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संघीय सदनको सुनुवाइ समितिको सभापति बनाउने तयारी गरिएको छ।
राज्यव्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएको केही दिनमै उनलाई सुनुवाइ समितिको सभापति बनाउन लागिएको हो।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति हुँदा संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड हटाउने विषयमा छानबिन समितिले उनलाई जिम्मेवार ठहर गरेको थियो। त्यसपछि उनले गत साउन २८ गते उक्त सभापति पदबाट राजीनामा दिएका थिए।
उनको ठाउँमा सुनुवाइ समितिकी सभापति रहेकी कांग्रेसकै सांसद ईश्वरी न्यौपानेलाई राजीनामा गराएर ल्याइसकिएको छ। न्यौपाने सुशासन समितिमा गएसँगै रिक्त पद पुर्तिका लागि खतिवडालाई बनाउन लागिएको हो।
'उहाँ (रामहरि)लाई नै सभापति बनाउने भन्ने बुझ्नमा आएको छ' कांग्रेसका एक सांसदले भने। शुक्रबार सुनुवाइ समितिको सभापतिको निर्वाचन हुँदैछ।
Shares

प्रतिक्रिया