जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण यही भदौ अन्तिमदेखि सुरु हुने भएको छ। पार्टीका प्रवक्ता शरदसिंह यादवले उक्त बैठक तथा प्रशिक्षण भदौ ३० गतेदेखि आगामी असोज ५ गतेसम्म सञ्चालन हुने जानकारी दिए।
बाँकेबाट सुरु हुने समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा आयोजना हुने प्रवक्ता यादवले बताए। उनका अनुसार सो कार्यक्रममा राष्ट्रिय परिषद् अध्यक्ष तथा सङ्गठन विभाग प्रमुख डा जयकान्त राउत र परिषद्का सदस्य, प्रदेश सदस्य, जिल्ला इञ्चार्ज, पालिका र वडाध्यक्ष तथा सचिवहरूको उपस्थिति हुनेछ।
प्रवक्ता यादवले आज बैठकबारे सूचना जारी गर्दै अनिवार्य रूपमा तीन पटक बैठक बसेको विस्तृत जानकारी भएको विवरणको फोटोकपीसहित उपस्थित हुन सङ्गठन विभाग प्रमुख, प्रदेश सदस्य, जिल्ला इञ्चार्ज, पालिका प्रमुख, वडाध्यक्षलगायत सबैलाई अनुरोध गरे। रासस
Shares

प्रतिक्रिया