नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारत सरकारले लिपुलेकबाट चीनमा व्यापार गरेमा नेपालले राजस्व उठाउनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन्।
‘लिपुलेक नेपालकै हो भन्ने विभिन्न प्रमाण हामीसँग भएकाले नेपालले नै राजस्व उठाउनुपर्छ’ उनले भने।
हालै भारत र चीनबीच लिपुलेक हुँदै व्यापार गर्ने सहमति गरेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा समेत दुई देशबीचको सहमतिबारे प्रश्न उठाएका छन्।
48
Shares

प्रतिक्रिया