जिल्ला मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा मारेको छ।
बुधबार बिहान ११ बजेतिर अख्तियारको टोलीले खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख नगदसहित नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
भण्डारीविरुद्ध काभेपलाञ्चोक दोलालघाट-७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएका जग्गाधनीका नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेको थियो।
उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग २ लाख घुस र एउटा मोबाइलसहित मालपोत कार्यालयको परिसरबाट नियन्त्रणमा लिएको हो।
771
Shares

प्रतिक्रिया