राजनीति


राप्रपाले पनि रुपन्देही-३ मा आन्तरिक निर्वाचनबाट उम्मेदवार छान्ने

राप्रपाले पनि रुपन्देही-३ मा आन्तरिक निर्वाचनबाट उम्मेदवार छान्ने

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १७:५३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही-३ को उपनिर्वाचनको उम्मेदवार छनोटका लागि आन्तरिक निर्वाचन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको संसदीय समिति बैठकले उपनिर्वाचनको उम्मेदवार छान्न आन्तरिक निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए। 

राप्रपाकै दीपक बोहोराको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। 'राप्रपा नवीन कार्ययोजनाको मोडलअनुसार यसपटक पार्टीले नवीन अभ्यासको रुपमा प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने निर्णय गरेको छ,' श्रेष्ठले भने।

उम्मेदवार छनोटका लागि रुपन्देही-३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही-३ अन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही-३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाऊॅपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले मत दिन पाउनेछन्। 

त्यस्तै रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही जिल्ला क्षेत्र नं-३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरू,  २०८२ भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही-३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरू र २०८२ भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही-३ अन्तर्गतका सक्रिय सदस्यहरूले मतदान गरेर उम्मेदवार छनोट गर्नेछन्। 

यसअघि रुपन्देहीकै उम्मेदवार छनोट गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यही प्रणाली अवलम्बन गर्दै उम्मेदवार चयन गरेको छ। रास्वपाले लेखजंग थापालाई उम्मेदवार च‍यन गरिसकेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad