राजनीति


रास्वपाले आज रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्ने

रास्वपाले आज रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्ने

फाइल तस्बिर : रास्वपा प्रवक्ता मनीष झा


नेपालखबर
भदौ १५, २०८२ आइतबार ७:४७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि आज आफ्नो उम्मेदवार घोषणा गर्ने भएको छ। 

पार्टीका प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार त्यसअघि आज बिहान ११:३० बजे सचिवालय बैठक बस्नेछ। 

पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा आज पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने र त्यसपछि उम्मेदवार घोषणा गरिने प्रवक्ता झाले बताएका छन्। 

उनका अनुसार आजको सचिवालय बैठकमा रुपन्देही-३ का लागि उम्मेदवार छनोटका साथै प्रवास विशेष अभियान सञ्चालन र विविध विषयमा छलफल हुनेछ। 

बैठकपछि रुपन्देही-३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणाका साथै पार्टी प्रवेशको कार्यक्रम पनि रहेको प्रवक्ता झाले जानकारी दिएका छन्।

प्रतिनिधि सभा सदस्य चयनका लागि आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा उपनिर्वाचन हुँदै छ।

२०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र रिक्त छ।

त्यसमा राजनीतिक दलहरूले धमाधम आफ्ना उम्मेदवार चयन गरिरहेका छन्।

सत्तारुढ नेकपा एमालेले भने खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad