राजनीति


सरकारले उखु कृषकलाई संरक्षण गर्नै चाहेनः वर्षमान पुन

सरकारले उखु कृषकलाई संरक्षण गर्नै चाहेनः वर्षमान पुन

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १६:४५, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले कृषकलाई संरक्षण गर्न नचाहेको बताएका छन्।

उखु किसानले गत वर्षको बक्यौता अनुदान उपलब्ध गराउन माग गरिरहेका बेला उनले सरकारसँग स्वदेशी उद्योग र कृषकहरूलाई संरक्षण गर्ने दृष्टिकोण नै नभएको आरोप लगाएका हुन्। 

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपमहासचिव पुनले तत्काल उनीहरूलाई त्यो अनुदान रकम उपलब्ध गराउन पनि सरकारलाई दबाब दिए।

उनले सरकारसँग उखु किसानको बक्यौता रकम उपलब्ध गराउन पर्याप्त बजेट भएको जिकिर समेत गरे। 

उपमहासचिव पुनले भने, ‘अर्थ मन्त्रालयमा पैसा छ। किसानहरूलाई विगतमा दिइएको कम्तिमा पनि प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान हो, त्यो दिइनु पर्छ। अर्थ मन्त्रालयमा पैसा भएर त बजेटका कुरा आएका छन्। झन्डै १९ खर्ब, २० खर्ब जतिको बजेट छ। त्यसो गर्दा प्राथमिकता नभएको हो। अर्थ मन्त्रालय र सरकारसँग के लाई प्राथमिकता दिने? भन्ने छैन। किसानलाई सरकारले प्राथमिकता दिएन। हाम्रो आफ्नै उत्पादनलाई प्राथमिकता दिएन।’

उपमहासचिव पुनले उखु किसानको माग तत्काल पुरा गर्न पनि सरकारलाई सचेत गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad