राजनीति


आफ्नो स्वार्थ पूरा गर्न संविधानलाई पछाडि धकेल्न खोजिँदैछ: सन्तोष परियार

आफ्नो स्वार्थ पूरा गर्न संविधानलाई पछाडि धकेल्न खोजिँदैछ: सन्तोष परियार

नेपालखबर
भदौ ११, २०८२ बुधबार १४:४८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बहस ठीक दिशामा अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

बुधबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान संविधान तुलनात्मक रुपमा प्रगतिशील भए पनि शक्ति संरचनामा निरन्तर प्रभुत्व कायम राख्न खोज्ने स्वार्थ समूहलाई मन नपरेको बताएका हुन्। 

‘लगभग ७० वर्षदेखिको राजनीतिक दलहरुको निरन्तरको प्रयास, मेहेनत र उहाँहरुले खेल्नुभएको भुमिकाले आज हामीले तुलनात्मक रुपमा विगतका ६ वटा संविधानभन्दा यो महिलाको पक्षमा दलितको पक्षमा र मधेसको पक्षमा राम्रो संविधान पाएका छौं। यो कुरा कतिपयलाई मन परिरहेको छैन,' उनले भने, 'वर्चश्वशाली सधैं सत्ताशक्तिमा हुने र सधैं शक्ति संरचनामा रमाइलो गर्नेहरुलाई यो कुरा मन परिरहेको छैन। विभिन्न कोणबाट योमाथि संविधान संशोधनको नाउमा संविधानलाई अगाडि लैजानेभन्दा पनि पछाडि फर्काउने बहसहरू भइरहेको हो कि भन्ने सन्देह छ।'

उनले राजनीतिक दलहरूले संविधानको कार्यान्वयन नगरेको पनि आरोप लगाए।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad