राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैछ। बैठकमा विभिन्न ५ वटा विषयमा छलफल हुने प्रवक्ता मनीष झाले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको बैठकले समसामयिक राजनीति एवम् पार्टी गतिविधिका सम्बन्धमा, विभागको क्रियाशीलता सम्बन्धमा, प्रदेश इन्चार्जको कार्यसम्पादन सम्बन्धलगायत विषयमा छलफल भएको हो।
यस्ता छन् छलफलका विषय
- समसामयीक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा ।
-विभाग क्रियाशीलता सम्बन्धमा।
(केन्द्रीय सङ्गठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभाग)
- प्रदेश इन्चार्ज कार्यसम्पादन सम्बन्धमा ।
- विविध
क) प्रारम्भिक निर्वाचन कार्यविधि २०८२
ख) वडा परिषद् कार्यविधि (पालिका परिषद् कार्यविधि, जिल्ला अधिवेशन कार्यविधि समेत) आदि ।
ग) विशेषज्ञहरूलाई आह्वान
123
Shares

प्रतिक्रिया