राजनीति


वडाध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै योगेशले पठाए गृहमन्त्रीलाई पत्र

वडाध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै योगेशले पठाए गृहमन्त्रीलाई पत्र

नेपालखबर
भदौ ८, २०८२ आइतबार १९:८, विराटनगर

नेकपा एमालेका केन्द्रीय सदस्य तथा ताप्लेजुङ क्षेत्रका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि भएको आक्रमणप्रति घोर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

भट्टराईले आइतबार गृहमन्त्रीलाई पत्र पठाउँदै सार्वजनिक पदधारीमाथि सदरमुकाममै दिनदहाडै भएको हिंसात्मक आक्रमणले शान्ति सुरक्षामा गम्भीर प्रश्न उठाएको उल्लेख गरेका छन्।

उनले आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, अराजक गतिविधि नियन्त्रण गर्न र घाइते वडाध्यक्षको उपचार सुनिश्चित गर्न आग्रह गरेका छन्।

भदौ ७ गते जिल्ला कमिटीको बैठक सकेर गाउँ फर्कने क्रममा तोक्मेडाँडा क्षेत्रमा अज्ञात समूहले वडाध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य सेन्दाङमाथि आक्रमण गरेका थिए। गम्भीर घाइते सेन्दाङ हाल झापास्थित बीएण्डसी अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad