प्रधान सेनापति महारथी अशोक राज सिग्देलले भोलि भदौ ९ गते थाइल्यान्ड जाने भएका छन्।
यही भदौ१० गतेदेखि १२ गते रोयल थाइ आर्म्ड फोर्सको सहकार्यमा अमेरिकी सेनाको इन्डो प्यासिफिक कमान्डद्वारा थाइल्यान्डको हुवा हिनमा आयोजना हुन लागेको चिफ्स अफ डिफेन्स कन्फिरेन्समा सहभागी हुनका लागि उनी थाइल्यान्ड प्रस्थान गर्न लागेका हुन्।
वि.सं. २०५६ सालदेखि वार्षिक रुपमा सञ्चालन हुँदै आएको उक्त कन्फिरेन्समा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ।

सम्मेलनमा सहभागी राष्ट्रका सेना प्रमुखहरूबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयहरूमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुनेछ भने सहभागी राष्ट्रहरूका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
प्रधान सेनापति सिग्देललाई थाइल्यान्ड प्रस्थान गर्नुपूर्व आज (आइतबार) गते नेपाली सेनाको एक टुकडीले जङ्गी अड्डामा सम्मान गारत अर्पण गरेको छ।
प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी निर्मल कुमार थापाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने जंगी अड्डाले जनाएको छ।
Shares

प्रतिक्रिया