राजनीति


के कुराकानी भयो भियतनाम र नेपालका उपराष्ट्रपतिबीचको बैठकमा?

के कुराकानी भयो भियतनाम र नेपालका उपराष्ट्रपतिबीचको बैठकमा?

तस्बिरः रासस


नेपालखबर
भदौ ८, २०८२ आइतबार १२:५६, काठमाडौँ

भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सम्पन्न भएको छ।

आइतबार बिहान काठमाडौँस्थित होटल याक एन्ड यतिमा सम्पन्न भेटवार्तामा व्यापार, लगानी, जलविद्युत, पर्यटन र सांस्कृतिक सहकार्यका विषयमा छलफल भएको बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी एसिया तथा प्रशान्त महाशाखाका प्रमुख सहसचिव प्रकाश अधिकारीले वार्तामा नेपाल-भियतनाम सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा समग्र छलफल बताए।

दुवै पक्षले मित्रता, सद्भावना र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने प्रतिवद्धता गरेको र भेटवार्तामा उच्च तहमा भ्रमण आदानप्रदान, सांस्कृतिक र धार्मिक सहकार्य, पर्यटन प्रवद्र्धनका लागि एयर कनेक्टिभिटी बढाउने, साथै व्यापार, लगानी र डिजिटल रूपान्तरणका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल भएको अधिकारीले जानकारी दिए।

बैठकमा भएको छलफलबारे उनले भनेः
दुवै पक्षले नेपाल-भियतनामको सम्बन्ध, मित्रता र सद्भावनामा आधारित रहेको कुरा व्यक्त गर्नुभयो। यो द्विपक्षीय सम्बन्धको ५० औँ वर्षगाँठको अवसरलाई दुई देशबीचको सम्बन्धलाई अझै अगाडि लैजाने उपयुक्त मौका भएको कुरा पनि व्यक्त गर्नुभयो। उक्त भेटघाटमा भएका मुख्य कुराहरुमा दुई देशमा उच्च तहमा भ्रमण आदानप्रदान गर्ने सहमति भएको छ। त्यस्तै दुवै देशबीच सांस्कृतिक, धार्मिक समानता र बुद्ध धर्म दुवै देशको सम्बन्धको सेतुको रुपमा रहेकोले धार्मिक, सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्नको लागि प्रचुर सम्भावना रहेको कुराबारे पनि छलफल भएको छ। दई देशबीच पयर्टन प्रवद्धन गर्नको लागि निकट भविष्यमा एयर कनेक्टिभिटी बढाउनको लागि आपसि छलफल गर्ने कुराकानी समेत भएको छ। सोही सन्दर्भमा भियतनाम संसारको सबैभन्दा उच्च आर्थिक वृद्धिसहित अगाडि बढेको भएको हुनाले त्यसबाट नेपालले धेरै कुरा सिक्नसक्ने सम्भावना रहेका कुराहरु बारेमा पनि छलफल भएको छ। नेपालमा भियतनामको लगानी प्रवद्धन गर्ने र व्यावार, लगानी, डिजिटल ट्रान्सफर्मेसनमा पनि द्विपक्षीय कुराकानी भयो। जनस्तरको सम्बन्धलाई पनि अगाडि बढाउने र दुवै देशले अन्तरराष्ट्रिय कूटनीतिका साझा धारणालाई अझै मजबुत बनाउने सहमति भएको छ। त्यसैगरी नेपालमा वातावरणीय समस्याले ल्याएको जुन जलवायु परिवर्तनको समस्या छ, त्यसको कारणले नेपालले भोग्दै आएको समस्याबारे पनि विस्तृत कुराकानी भयो। यी सबै क्षेत्रमा दुवै मुलुकले सकार्य गरेर अगाडि बढ्ने कुराकानी भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad