राजनीति


जनयुद्धमा ट्रेनिङ लिएकी हुँ, भारतसँग लड्नपरे पनि तयार छुः सांसद रेनु चन्द

जनयुद्धमा ट्रेनिङ लिएकी हुँ, भारतसँग लड्नपरे पनि तयार छुः सांसद रेनु चन्द

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १५:४५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) की सांसद रेनु चन्दले हात्तीसँग लड्न परे पनि आफूहरु लड्न तयार रहेको बताएकी छन्।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद चन्दले हात्तीरुपी भारतसँग लड्न कमिलारुपी नेपालीहरू तयार रहेको बताइन्। आफू पनि जनयुद्धकालीन ट्रेनिङ प्राप्त व्यक्ति भएको उनको भनाई थियो।

सांसद चन्दले लिपुलेकमा चीन—भारतबीच भएको व्यापार मार्ग खुलाउने सहमतिबारे कुटनीतिक पहल गर्न सरकारसँग माग पनि गरिन्। सबै राष्ट्रिय शक्तिहरू मिलेर कुटनीतिक पहल गर्नुपर्ने उनको भनाइ। 

उनले भनिन्, ‘हामी हात्तीसँग लड्न परे पनि लडौँला। हात्तीसे लड्जायेगी चिटीकी टोली। तयारी गर्नुस्। कुटनैतिक पहल तपाईंहरूको पुग्दैन भने नडराउनु होला। म त जनयुद्ध लडेको मान्छे हुँ, ट्रेनिङ प्राप्त छु भन्ने पनि सरकारलाई जानकारी गराउन चाहन्छु। यद्यपि मैले यस्तो कुरा गर्दा आइज दुई दुई हात गरिहालौँ भन्न खोजेको होइन। मूल जरो त कुटनीतिक पहल नै हो।’

सांसद चन्दले सीमा क्षेत्रमा नेपालीहरुको अवस्था नाजुक रहेको बताइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad