राजनीति


भूमि विधेयक संसदीय समितिबाट बहुमतले पारित, माओवादी र रास्वपाले फरक मत लेख्ने

भूमि विधेयक संसदीय समितिबाट बहुमतले पारित, माओवादी र रास्वपाले फरक मत लेख्ने

समितिको बैठक। तस्बिर: रासस


नेपालखबर
भदौ ५, २०८२ बिहिबार १३:२९, काठमाडौँ

भूमि सम्बन्धी विधेयक प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित भएको छ। बिहीबार बसेको समितिको बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई पारित गरेको हो। 

विधेयकको छलफलबाट माओवादी केन्द्र र रास्वपा भने बाहिरिएका छन्। माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुने संसदीय समितिका सचिव शिवदत्त बरालले बताए । 

फरकमतसहित शुक्रबार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सक्ने उनको भनाइ छ।

यस विधेयकमा सत्तारुढ दल नेपाली कांग्रेस-नेकपा एमालेबीच नै विवाद थियो। तर आज विधेयक पारित गर्ने बेलामा भने माओवादी र रास्वपाका सांसद बैठककक्षबाट बाहिरिए।  

विधेयकमा घडेरी, आवास र अपार्टमेन्ट बनिसकेको अवस्थामा जग्गा बेच्न पाउने व्यवस्था गरिएको छ। कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यस व्यवस्थामा आपत्ति जनाउँदै संशोधन प्रस्ताव दर्ता गरेका थिए। 

जुन प्रयाेजनका लागि हदबन्दीभन्दा बढी जग्गा लिइएको हाे साेही प्रयाेजनमा व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको छ। 

सुकुम्बासी र अव्यवस्थित बसाेबासीकाे प्रावधान एउटै दफामा ल्याइएकामा संसदीय समितिले फरक फरक पारेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad