कोशी


प्रहरीले रोकेको ट्रकपछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु

प्रहरीले रोकेको ट्रकपछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु

दुर्घटनाको दृश्य र मृत्यु भएका युवकको फाइल तस्बिर।


नेपालखबर
भदौ ५, २०८२ बिहिबार १३:३९, विराटनगर

मोरङको विराटनगर महानगरपालिका-४, दुधफारम चोकमा चेकजाँचका लागि राेकिएकाे ट्रकमा मोटरसाइकल ठोकिँदा एकजनाकाे मृत्यु भएको छ।

बुधबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका-६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार, राति साढे ८ बजेतिर प्रहरीले प्रदेश १-०२-००१ क ५१८९ नम्बरको मिनी ट्रक रोकेर चेकजाँच गरिरहेको थियो। त्यही बेला हुइँकिएर आएको प्रदेश १-०२-००४६ प ६४०१ नम्बरको मोटरसाइकल उक्त ट्रकपछाडि ठोकिएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई तत्काल स्थानीय नोबेल अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल ठोकिएको ट्रकसहित चालक मोरङ बुढीगंगा गाउँपालिका-१ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

उक्त ट्रक विराटनगरबाट नेमुवातर्फ जाँदै थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad