राजनीति


समाजलाई अघि बढाउन महिलाहरूको विशेष भूमिका रहन्छ: उपप्रधानमन्त्री सिंह

समाजलाई अघि बढाउन महिलाहरूको विशेष भूमिका रहन्छ: उपप्रधानमन्त्री सिंह

नेपालखबर
भदौ ४, २०८२ बुधबार १७:६, काठमाडौँ

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमन सिंहले समाजलाई अगाडि बढाउनमा महिलाहरूको विशेष भूमिका रहेको बताएका छन्। 

नेपाल महिला संघ काठमाडौं क्षेत्र नं १ ले आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अहिले प्राप्त परिवर्तनमा महिलाहरूको भूमिका विशिष्ट रहेको भन्दै तीजको शुभकामना व्यक्त गरे।   

‘अहिले यातायातको सुविधा बढेकाले आवतजावत गर्न सहज छ । पहिला बाटोघाटो नहुँदा विवाह पछि माइत जान पनि विशेष पर्व आउनुपर्ने,' उनले भने, 'विशेष गरी तीजमा माइत गएर आफन्तसँग बसेर गीत र नृत्यमार्फत आफ्नो सुख दु:ख व्यक्त गर्ने परम्परा हो। दिदिबहिनीहरूले यो पर्व मनाउँदा तीजको मान्यतालाई तलमाथि नपर्ने गरि, मौलिकता नविर्सिकन तीज मनाउँदा राम्रो हुन्छ भन्ने मलाई लागेको छ।’ 

चेलीबेटीहरूले तीजमा गीत र नृत्यमार्फत सुखदु:ख अभिव्यक्त गर्ने परम्परा रहेको भन्दै उनले तीज मनाउँदा यसको मौलिकता भुल्न नहुनेमा जोड दिए। 

सिंहले काठमाडौं क्षेत्र नं १ मा संघ, प्रदेश र स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन यो क्षेत्रका महिलाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै आभार पनि व्यक्त गरे। 

उपप्रधानमन्त्री सिंहले तीज महिलाहरुका लागि विशेष पर्व रहेको भन्दै मौलिकता जोगाएर तीज मनाउन सुझाव दिए। 

उनले तीज मनाउँदै गर्दा यसरी भेला भएर गाउन पाउने, नाच्न पाउने अधिकारका लागि नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहसहितका महिला नेतृहरूको भूमिका बिर्सन नहुने पनि बताए। 

‘पुृरुष सरह सम्पूर्ण अधिकार प्राप्त गर्ने मात्र होइन कि अधिकारसँगे आफूले पूरा गर्नुपर्ने जिम्मेवारीमा पनि महिलाहरु सजग हुनुपर्छ,’ उनले भने। 

नेपाल महलिा संघकै कारण महिलाहरुको मताधिकार पाएको, छोरीलाई पनि छोरा सरह पढ्न पाउने अधिकार सुरक्षित भएको र छोरीको सम्पत्तिमा हक स्थापित भएको भन्दै महिला संघलाई कार्यक्रम आयोजनाका लागि धन्यवाद दिए। 

कार्यक्रममा कांग्रेस नेतृ कल्याणी रिजाल, मंगलादेवी सिंह फाउण्डेसनकी अधयक्ष सिर्जना सिंह, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, शान्ता ढकाललगायतले तीजको अवसरमा शुभकामना व्यक्त गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad