राजनीति


जन्म दर्ता नहुँदा २५ हजार विद्यार्थीले एसईईको फारम भर्न पाएनन्, यो राज्य अपराध हो : सांसद शाह

जन्म दर्ता नहुँदा २५ हजार विद्यार्थीले एसईईको फारम भर्न पाएनन्, यो राज्य अपराध हो : सांसद शाह

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १८:४८, काठमाडौँ

राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा)ले जन्म दर्ता नभएका कारण २५ हजार विद्यार्थीले एसईईको परीक्षा फारम भर्न नपाएको भन्दै यो राज्य अपराध भएको बताएकी छिन्।

मंगलबार राष्ट्रि सभा बैठकमा बोल्दै उनले यसबारे सत्य तथ्य जानकारी गराउन र जन्म दर्ता नभएकालाई एसईईको फारम भर्न दिने व्यवस्था मिलाउन आग्रह गरिन्।

‘१० कक्षामा पढ्ने विद्यार्थीहरु परीक्षाका लागि एसईईको फारम भरिरहेका छन्,’ शाहले भनिन्, ‘बाबु आमा नभएका कारिब २५ हजार विद्यार्थीहरूको जन्म दर्ताको प्रमाणपत्र नभएका कारण फारम भर्न रोकिएको भन्ने छ।’

राज्यले शिक्षा आर्जन गर्न पाउने हकबाट बञ्चन गर्न नहुनेमा समेत जोड दिइन्।

‘जन्म दर्ता नभएकै कारण शिक्षा आर्जन गर्न पाउने मौलिक हक हनन् गर्नु राज्य अपराध हो,’ शाहको भनाइ छ, ‘यसको सत्य तथ्य के हो? त्यस्ता विद्यार्थीलाई एसईईको फारम भर्ने व्यवस्था मिलाउन विज्ञान, शिक्षा तथा प्रविधि मन्त्रीसँग माग गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad