राजनीति


किरिया बसेको घरमा चट्याङ लाग्दा १ को मृत्यु, ७ जना घाइते

किरिया बसेको घरमा चट्याङ लाग्दा १ को मृत्यु, ७ जना घाइते

प्रतिनिधिमुलक तस्बिर


नेपालखबर
भदौ ३, २०८२ मंगलबार १९:०, काठमाडौँ

मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

मंगलबार (आज) अपराह्न ४ः२० बजे तिरको समयमा पाल बहादुर घलानको घरमा किरियाको कामकाजका लागि आएका व्यक्तिहरू बसेको स्थानमा चट्याङ खस्दा स्थानीय ४२ वर्षीय विषाल ब्लोनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार अन्य सात जना सामान्य घाइते भएका छन्। घाइतेहुनेमा सोही स्थानका बम बहादुर घलानकी १२ वर्षीया छोरी बर्षा घलान, जित बहादुर घलानका १२ वर्षीय छोरा सुजन घलान, शमशेर घलानका १६ वर्षीय छोरा सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेम बहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवन राप्ती नगरपालिका–११ का ४७ वर्षीय पान बहादुर मोक्तान रहेका छन्। 

उनीहरू सबैलाई उपचारका लागि मनहरी अस्पताल लगिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad