ad ad

राजनीति


अमेरिकामा कोरोनाले संक्रमण/मृत्यु बढेको बढ्यै, तर ट्रम्पले सार्वजनिक गरे लकडाउन खुलाउने यस्तो योजना

अमेरिकामा कोरोनाले संक्रमण/मृत्यु बढेको बढ्यै, तर ट्रम्पले सार्वजनिक गरे लकडाउन खुलाउने यस्तो योजना

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ०:४७,

कोरोना महामारीबाट विश्वमै सबैभन्दा बढी पीडित अमेरिकाले आफ्नो देशमा संक्रमण र मृत्यु लगातार बढिरहेको भए पनि लकडाउन चाँडै खोल्ने घोषणा गरेको छ।

वर्ल्डओमिटरको ताजा तथ्यांक (नेपाली समय शुक्रबार बिहान ६ः३० बजे) अनुसार अमेरिकामा कोरोना भाइरसबाट विश्वमै सबैभन्दा बढी ६ लाख ७७ हजार ५ सय ४९ जना संक्रमित भइसकेका छन् भने ३४ हजार ६ सय १४ जनाको मृत्यु भइसकेको छ।

कोरोना महामारी फैलिन नदिन लागू गरिएको लकडाउनका नियम अन्त्य गरेर चाँडै देशलाई सामान्य अवस्था ल्याउने योजना अमेरिकाले सार्वजनिक गरेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङका क्रममा बिहीबार लकडाउन चाँडै अन्त्य गर्ने घोषणा गरेका हुन्।

अहिले अमेरिकाका अधिकतर राज्यमा मानिसलाई घरबाट निस्किन दिइएको छैन।

कोरोना भाइरसविरुद्ध सबै अमेरिकी एक भएर लागेको र रोकथामका उपायले अवस्था अति खराब हुनबाट रोकेको भन्दै ट्रम्पले लकडाउन दीर्घकालीन उपाय नरहेको बताए।

सामान्य गतिविधि पुनः सञ्चालन गर्ने सम्बन्धी योजना पनि सार्वजनिक गर्दै उनले हरेक राज्यको अवस्था फरक रहेकाले केही राज्यको लकडाउन चाँडै अन्त्य हुने र केहीको भने अझै समय लाग्ने संकेत गरेका छन्।

यो हप्ताको सुरुमा ट्रम्पले लकडाउन अन्त्य गर्ने अन्तिम अधिकार गभर्नरसँग नभइर आफूसँग रहेको बताएका थिए।

ट्रम्प प्रशासनले लकडाउन खोल्न तीन चरणको योजना सार्वजनिक गरेको छ। पहिलो चरणमा भौतिक दूरी कायम गर्ने, १० जना भन्दा बढीको समूह नबनाउने, अनावश्यक यात्रा नगर्ने योजना छन्।

दोस्रो चरणमा जोखिममा रहेका व्यक्ति पहिलो चरणमा जस्तै भौतिक दूरी कायम गर्ने तथा ५० जना भन्दा बढीको भिड नगर्ने नियम राखिएका छन्।

नयाँ सामान्य भनिएको तेस्रो चरणमा जोखिमयुक्त व्यक्ति पनि सामाजिक गतिविधिमा सामेल हुन पाउने, तर उनीहरूले भौतिक दूरी भने कायम गर्नुपर्ने ट्रम्प प्रशासनले जनाएको छ।

याे पनि: 

विश्व कोरोना अपडेटः संक्रमित २२ लाख र मृतक डेढ लाखनजिक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .