भारत सरकारले नेपाली सेनालाई विभिन्न किसिमका सैनिक सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको छ।
भारतले लाइट भेहिकल गोटा-६, आठ किसिमका अति आवश्यक मेडिकल सामग्री, व्रिडिङ्ग घोडा गोटा-५ तथा सैनिक डग गोटा-२ नेपाली सेनालाई प्रदान गरेको हो।
सोमबार जंगी अड्डामा आयोजित कार्यक्रममा भारतका विदेश सचिव विक्रम मिस्रीले प्रधान सेनापति अशोकराज सिग्देललाई ती सामग्री हस्तान्तरण गरे।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत, बलाधिकृत, रथीवृन्द तथा भारतीय राजदूतावासका प्रतिनिधि र सैनिक सहचारीको उपस्थिति रहेको थियो।
यस किसिमको सहयोगले दुई देशबिचको सैनिक सम्बन्ध थप मजबुत एवं प्रगाढ हुनुका साथै नेपाली सेनाको व्यावसायिक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास नेपाली सेनाले लिएको छ।
132
Shares

प्रतिक्रिया