कारोबार


उत्तरी नाकाको अवरोध हटाउन अर्थमन्त्रीलाई सांसदले बुझाए ज्ञापनपत्र

उत्तरी नाकाको अवरोध हटाउन अर्थमन्त्रीलाई सांसदले बुझाए ज्ञापनपत्र

नेपालखबर
भदौ २, २०८२ सोमबार १७:४९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले उत्तरी नाकाको अवरोध हटाएर सहजीकरण गरिदिन सरकारको ध्यानाकर्षण गराएका छन्। 

सांसद पराजुलीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र बुझाउँदै रसुवागढी र तातोपानी नाका यथाशक्य चाँडो सञ्चालनमा ल्याउन माग गरेका हुन्। 

उनले तत्कालका लागि तातोपानीस्थित इकु पहिरोको व्यवस्थापन गरी उत्तरी नाका र नाका पारि रहेका कन्टेनरलाई काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाहमा ल्याएर भन्सार जाँचपास गरी व्यवसायीलाई राहत दिन भनेका छन्। 

त्यसैगरी बाढीले नोक्सान पु¥याएका टिमुरे भन्सार यार्डमा पुरिएका १८ कन्टेनरको क्षतिपूर्ति सम्बन्धित व्यवसायीहरुले समयमा पाउने व्यवस्था मिलाउन भनेका छन्। त्यसैगरी चीन सरकारले निर्माण गर्न लागेको केरुङ राजमार्गको बेलिब्रिज तथा नेपाल–चीन मितेरी पुल समयमै सम्पन्न गरी रसुवागढी नाकामा रहेको सुख्खा बन्दरगाह यथाशक्य चाँडो सञ्चालनमा ल्याउने पहल गर्न भनेका छन्। 

गत असार २४ को बाढीले रसुवागढीमा व्यापक धनजनको क्षति भएको थियो भने तातोपानी नाकामा पनि विभिन्न स्थानमा पहिरोका कारण सवारी तथा मानवीय आवतजावत ठप्प छ। 

यस्तो छ उनको ज्ञापनपत्र 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad