राजनीति


नागरिकता विधेयक विधायन समितिबाट पारित

नागरिकता विधेयक विधायन समितिबाट पारित

नेपालखबर
भदौ १, २०८२ आइतबार २०:२३, काठमाडौँ

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेको हो । 

विधेयकमा आमाको नामबाट मात्रै नागरिकता पाउने व्यवस्था गरिएको छ । आमाका नामबाट नागरिकता लिँदा बाबुको नाम नलेखेमा ‘स्वघोषणा’ गर्नुपर्ने व्यवस्था विधेयकमा छ । 

'नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बाबु सम्पर्कविहीन भई बाबुको पहिचान हुन नसकेको वा आमाले बाबु यिनै व्यक्ति हुन् भनी पहिचान गराउन नसकेको वा त्यस्तो व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणमा बाबुको नाम उल्लेख भएता पनि बाबुको अन्य पहिचान खुलाउन नसकेको भनी निज र निजको आमाले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान हुन नसकेको मानिनेछ र निजले उपदफा (५) बमोजिम वंशजको नागरिकता प्राप्त गर्नेछ ,' समितिले पारित गरेको प्रतिवेदनमा भनिएको छ। 

समितिका महिला सांसदहरूले महिलाले नै स्वघोषणा गर्नुपर्ने प्रावधानप्रति असन्तुष्टि जनाएका थिए। १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad