उच्च अदालतका ८८ जना न्यायाधीशको सरुवा गर्न सिफारिस भएको छ। शुक्रबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले जिल्ला र उच्च अदालतका न्यायाधीशहरूको सरुवा गर्न सिफारिस गरेको हो।
उच्च अदालतका ८८ जना न्यायाधीश सरुवा हुने भएका छन्।
उच्च अदालत पाटन दरबन्दी भई विशेष अदालतको अध्यक्षमा काजमा रहेका न्यायाधीश टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुर सरुवा गर्न सिफारिस भएको छ।
उच्च अदालत पाटनमा १७ जना न्यायाधीश नयाँ आउने भएका छन्। उच्च अदालतमा सरुवा गर्न चन्द्रबहादुर सारु, गणेशप्रसाद बराल, गीताप्रसाद तिम्सिना, सोमकान्त मैनाली, अर्जुनप्रसाद कोइराला, श्रीधराकुमारी पुडासैनी, ऋषिराम निरौला, राजुकुमार खतिवडा, स्वीकृति पराजुली र केशवप्रसाद वास्तोलालाई सिफारिस गरिएको छ।
यस्तै खडकबहादुर केसी, सूर्यनाथ प्रकाश अधिकारी, तेजेन्द्र प्रसाद शर्मा सापकोटा, कृष्णमुरारी शिवाकोटी, नारायणप्रसाद सुवेदी, नेत्रप्रकाश आचार्य र कृपासुर कार्कीलाई पनि उच्च अदालत पाटनमा ल्याइने भएको छ।









Shares

प्रतिक्रिया