राजनीति


मन्त्रीहरूसँग आज कार्य सम्पादन सम्झौता गर्दै प्रधानमन्त्री

मन्त्रीहरूसँग आज कार्य सम्पादन सम्झौता गर्दै प्रधानमन्त्री

नेपालखबर
साउन २९, २०८२ बिहिबार ११:१५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि आज मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दैछन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

हस्ताक्षरपछि  सम्झौता आदानप्रदान हुनेछ।

गत वर्ष भदौ २७ गते पनि प्रधानमन्त्रीले मन्त्रीहरूसँग यस प्रकारको कार्यसम्पादन सम्झौता गरेका थिए।

यस वर्ष गत वर्षभन्दा झण्डै एक महिना अगाडि नै प्रधानमन्त्रीले मन्त्रीहरूसँग सम्झौता गर्न लागेका हुन्।

वर्षभरी गरिने काम तथा सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता मुख्य आधार बन्ने प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिए।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीले अवलम्बन गर्दै आएका छन्।

‍प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता भएपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग पनि कार्यसम्पादन सम्झौता गर्नुपर्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad